Incididunt
Lorem ipsum dolor sit amet, consectetu.
Consectetur
Ut suscipit imperdiet Nisl, non vitae blandit.
Simsalabim
Ut suscipit imperdiet nisl hest tempor.
Incididunt
Lorem ipsum dolor sit amet, consectetu.
Consectetur
Ut suscipit imperdiet Nisl, non vitae blandit.
Simsalabim
Ut suscipit imperdiet nisl hest tempor.
Consectetur adipiscing elit. Inscite autem medicinae et gubernationis ultimum cum ultimo sapientiae comparatur.
http:\\pokharacityjob.jimdo.com
। कतारमा एउटै कम्पनी कार्यरत १८५ नेपाली यतिबेला अलपत्र परेका छन् । उनीहरु हप्तौंदेखि खान नपाएर बिचल्ली भएका छन् । सम्बन्धित निकायको यस अवस्थाप्रति गम्भीर ध्यानाकर्षण नहुँदा उनीहरु जीवन मरणको अवस्थामा छन् ।
पाँच लाख नेपाली कार्यरत रहेको कतारमा यस्ता अनेक समस्या छन् । एक महिनाभन्दा पहिलेदेखि नै आफन्त र विभिन्न श्रोतबाट नेपाल फिर्तीका लागि टिकट जोहो गरेर जान नपाएकाहरुको विरहको कथा अलगै छ । उनीहरु भन्छन्, पहिले टिकट लिएर आउनेलाई एक्जिट पेपर दिन्छौं भनेर टिकट लिएर आयौं । हामीलाई एक्जिट पेपर नदिएकै कारणले नेपाल फिर्ता हुन पाएनौं । साहुको बाउ कतार छोडेर भागिसक्यो । छोरोलाई जेल हालेको छ । न्यायको लागि धेरै पटक भौंतारियौं । कतैबाट सहयोग भएन ।
Click here for exciting offerAds
अलपत्र अवस्थामा रहेका मध्येमा सुर्य म्यानपावर काठमाडौंबाट आएका ८५ जना, एसओएस म्यानपावर, शिखर म्यानपावर, एन आर सि अर्थात नेशनल रिक्रुटमेन्ट कन्सल्टेन्सी, साईकृष्ण म्यानपावर बाट आएका २० जना, अल अरेविया म्यानपावरबाट आएका १२ जना र मिराकल इम्प्लोयमेन्ट सर्भिस प्राईभेट लिमिटेडबाट आएकाहरु गरी कुल १८५ रहेका छन् ।
बैदेशिक रोजगारको हकमा रोजगारदाता कम्पनीले कतारको कानुनतः सेवा सुविधा नदिएको अवस्थामा सम्बन्धित देशमा रहेको राजदुतावास र राजदुतावासको विशेष पहलमा श्रम अदालतमा गई न्याय दिलाउन पहल गर्नु राजदूतावासको दायित्वको कुरा आउँछ । दुतावास जानु अघि नै लेबर कोर्ट पुगेका पीडितहरु पटक पटक जाँदा पनि न्याय पाएनन् ।
न्याय नपाएपछि दूतावासमा पहल गरिदिन याचना सहित गएका नेपालीहरुलाई दुतावासको नियमित संस्कार अनुरुप लेबर कोर्ट जानको लागि पत्र तयार गरेर पठाएको सोलुखुम्बुका पासाङ सेर्पाले बताए । लेबर कोर्ट गयो, किन आएको फर्केर जा भनेर पुलिसले फर्काइदिन्छ । दूतावास गए लेबरकोर्ट जाने कागज दिएर पठाउँछ । अब हामीले न्याय माग्न जाने कहाँ हो ?
त्यसमध्येका अर्का नेपाली टोप बहादुर कुमाल हामीलाई खाने अन्नको दाना कम्पनीले नदिएको महिनौं भयो । ४ महिना देखि ११ महिनासम्म तलव नपाएर बस्दा न्यायको लागि कतारमा बस्दा बस्दा जोगीकै चाल भएको गुनासो सुनाउँछन् ।
म्यानपावरलाई फोन गरेर सरकारलाई भनेर हामीलाई उद्धार गरिदिनुपर्यो भन्दा हामीले पठाउने काम गर्यौं, ३ महिनापछि हाम्रो कुनै जिम्मेवारी रहँदैन भनी वेवास्ता गर्छ । हामीमा कसैले पनि मानवीय व्यवहार गर्दै गरेन । हामी १८५ जनामा आश्रित करिब १ हजार परिवारको नेपालमा बिचल्ली भईरहेको छ । त्यो पीडा हाम्रो मनमा नै गुम्स्याएर राख्न बाध्य भएका छौं । कमाएर पाल्छु भनेर कतार आएका केही साथीहरुको आम्दानीको ढोका बन्द भएपछि कतिका श्रीमतीले घरबाट खुट्टा उचालेर हिँडिसकेको खबरसम्म सुनाउन भ्याए ।
पत्रकार एमपि पोखरेलले बिचल्लीमा परेका नेपालीको बारेमा जानकारी पाएपछि पीडितलाई भेटी समाचार तयार गरेर प्रकाशन गरेपछि पहिलोपटक गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य आर के शर्माले १५ बोरा चामल लगायत अन्य सामाग्री प्रदान गरी राहत दिनुभएको थियो । १५ बोरा चामल आएपछि धेरै दिन देखि पेटभरि खान नपाएका हामीले पातलो दालको सहयोगमा केहि छाक खायौं । पिडित मध्येका एकले बताए ।
दोश्रो चरणमा पत्रकार करिमबख्श मियाँको पहलमा व्यवशायी अब्दुल वाशिद (एनआरएनए, सामाजिक उद्यमशीलताा विकास समिति सदस्य) र एनआरएनए गल्फ उपसंयोजक उमेश अधिकारीद्वयले १२ बोरा चामल, २३ किलो दाल ११ लिटर तेल र १० पोका नुन प्रदान गर्नुभएको छ ।
त्यसो त त्यहाँ नेपाली मात्र अलपत्र परेका छैनन् । श्रीलंकन र अन्य मुलका गरी २१५ जना छन् । १८५ जना नेपालीले उनीहरुलाई पनि आफ्नो गाँस काटेर खाना खुवाइरहेका छनु ।
भोको पेट, गरीबी र परिस्थितीले सबै धर्म, जात र फरक भूगोलको मान्छेलाई एउटै परिवार जस्तै बनाईदिएको एक पीडितको विचार छ ।
गैर आवासीय नेपाली संघ कतार शाखाका अध्यक्ष विनेश तामाङसंग यस बारेमा एनआरएनए को कस्तो भूमिका रहेको छ भन्ने प्रश्नमा पीडित पक्षका क्याम्पवोस पासाङ शेर्पाले अवस्थाको बारेमा जानकारी गराएपछि संस्थागत रुपमा सम्बन्धित निकायलाई जानकारी गराइसकेको र अबको अवस्थालाई नियाल्दा थप दवाव दिएर यथाशक्य न्याय दिलाएर पठाउने काम गरिहाल्ने बताए ।
पाँच लाख नेपाली भएको देशमा १८५ जना नेपाली दाजुभाईले खान नपाएर भोकभोकै बसेको हेर्न र अरु देशका नागरिकहरुलाई नेपालीमा मानवता भन्ने चीज कति रहेछ भनेर देखाउन भने पनि खाद्यान्न सामाग्रीको जोहो गरिदिएर भोको नराखिदिऔं ।
सुरुवाती क्रममा एन आर एन आईसीसी सदस्य आरके शर्मा, एन आर एन ए आईसीसी गल्प सहसंयोजक उमेश अधिकारी र अब्दुल वासिदले भोको पेटलाई खाद्यान्न प्रदान गरेर ठुलो गुन लगाउनुभएको छ । हामीले पनि आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्यौं भने यो भन्दा ठूलो अरु पुण्य मार्ग कुन चाहिँ हुन्छ र ?
Mihi quidem Antiochum, quem audis, satis belle videris attendere. Hanc igitur quoque transfer in animum dirigentes.
Tamen a proposito, inquam, aberramus. Non igitur potestis voluptate omnia dirigentes aut tueri aut retinere virtutem.
This site was created with Jimdo Creator! Sign up for free now at https://www.jimdo.com
